माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल: गलकोट र शान्ता भलिबललाई उपाधि
पाेखरा | फागुन १७, २०८१
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकामा सम्पन्न भएको तेस्रो संस्करणको अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ बागलुङको गलकोट नगरपालिकाले जितेको छ ।
माछापुच्छ्रे गाउँपालिका ६ धम्पुसको भलिबल कोर्टमा भएको फाइनल खेलमा गलकोटले तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।
गलकोट नगरपालिकाले शुक्लागण्डकी नगरपालिकालाई २५–२०, २५–१२, १६–२५ र २५–२० ले पराजित ग¥यो । उपाधि जितेको गलकोट नगरपालिकाले २ लाख र उपविजेता भएको शुक्लागण्डकी नगरपालिकाले १ लाख रुपैयाँ पुरस्कारसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
गलकोट नगरपालिकाले यस अघि पहिलो संस्करणमा उपाधि चुम्न सफल भएपनि गतवर्ष भने उपविजेता भएको थियो ।
सेमिफाइनल पराजित भएका बागलुङको निसीखोला गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाले ५०÷५० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरुष तर्फ गलकोटका रेशम छन्त्याल उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका विष्णु क्षेत्री उत्कृष्ट स्पाइकर, अनिस कुमाल मिडल ब्लकर, क्रिस मल्ल ठकुरी उत्कृष्ट डिफेन्डर, गलकोटका मिन सुनार उत्कृष्ट सेटर, चिरन खड्का उत्कृष्ट सर्भर र सुरेन्द्र केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्राप्त गरे ।
यस्तै महिला तर्फको उपाधि भने शान्ता भलिबल ट्रेनिङ सेन्टर पोखराले जितेको छ । शान्ता भलिबलले बागलुङ नगरपालिकालाई पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि विजेता शान्ता भलिवल ट्रेनिङ सेन्टरले नगद १ लाख ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो । उपविजेता बाग्लुङ नगरपालिकाले नगद ५० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।
सेमीफाइनलनमा पराजित माछापुच्छ्रे गाउँपालिका ‘ए’ र ‘वि’ नगद २५÷२५ हजार प्राप्त गरे ।
त्यसैगरी प्रतियोगिताको महिला तर्फ शान्ता भलिवल ट्रेनिङ सेन्टरकी निरुता शाहि उत्कृष्ट खेलाडी, बाग्लुङ नगरपालिकाकी सोड·ा थापा उत्कृष्ट स्पाइकर, सलिना गुरुङ उत्कृष्ट डिफेन्डर, शान्ता भलिवल ट्रेनिङ सेन्टरकी शोभा पाइजा मिडल ब्लकर, टेनीशा छन्त्याल उत्कृष्ट सेटर, रोस्मिना गुरुङ उत्कृष्ट सर्भर र दिनेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुलाई पालिकाको लोगो अंकित खेलकुद पोशाक प्रदान गरिएको थियो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

