चैत्र पहिलो साता ‘गाउँशहर दोहोरीको वार्षिकोत्सव’

पाेखरा | फागुन २५, २०८१

चैत्र पहिलो साता ‘गाउँशहर दोहोरीको वार्षिकोत्सव’

पोखरा:   आगामी चैत्र १ गतेदेखि ५ गतेसम्म पोखरा महानगरपालिका ४ चिप्लेढुंगास्थित आरके बिल्डिङमा सञ्चालित ए वान गाउँशहर दोहोरी साँझ एण्ड रेष्टुरेन्ट प्रालिले पाँचौ वार्षिकोत्सवको आयोजना गर्ने भएको छ ।

 

लोक संस्कृतिको उजागर गर्ने उद्देश्यसहित सञ्चालित दोहोरी साँझले विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव आयोजना गर्न लागिएको सञ्चालक शिव गुरुङले जानकारी दिए ।

 

उनका अनुसार ५ दिन सञ्चालन हुने उक्त कार्यक्रम साँझ ७ बजेदेखि बिहान २ बजेसम्म सञ्चालन हुनेछ । 

 

विविध सांस्कृतिक कार्यक्रममा गायक कृष्ण सुवेदी, कृष्ण गुरुङ, ज्योती लोहनी, सरुन गुरुङ, रमा राना, शोभा परियार, केश बहादुर गुरुङ, निता गुरुङ, ममता गुरुङ, भानु पौडेल, उमेश अधिकारी, सिम्रन, रश्मी सुनार, आँचल थापा, मनिष गायक र ममता सुनारको बेजोड प्रस्तुती रहने गाँशहर दोहोरी साँझले जनाएको छ ।  
 

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले सूचना, प्रविधि र सञ्चारबिनाको विकास अब सम्भव नभएको बताएका छन्।  नेपाल टेलिकम वर्कर्स युनियनको १२ औँ महाधिवेशनक...

थप पढ्नुहोस्