शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध
तनहुँ | साउन २१, २०७९
तस्बिर फाइल
तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोर चार दिनदेखि अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । शालिग्राम करिडोरअन्तर्गत विभिन्न ठाउँमा पहिरो खसेपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको हो ।
सोमबारदेखि परेको वर्षाका कारण उक्त खण्डको देवपुर साउने, साँढेबर, बेलस्वाँरा, कालिकाटार, कोटा, खाल्टे लगायतका ठाउँमा पहिरो खसेको छ । पहिराले सडक अवरुद्ध भएसँगै यातायात पूर्ण रुपमा बन्द भएको स्थानीय अमृता गुरुङले जानकारी दिनुभयो । “सडक अवरुद्ध भएसँगै कामका लागि देवघाट जानुपर्दा घण्टौँ हिँड्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो, “सडक खुलाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्छ ।”
देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले चारदिनदेखि सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती भएकोबारे आफूहरु जानकार रहेको भन्दै बाटो सफाई सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार देउतीखोलाबाट बाटो सफाईको काम थालिएको छ भने प्राविधिक टोलीसँगै पहिरो गएका ठाउँको निरीक्षण गर्दै भोलिदेखि सफाइको कामलाई तीव्रता दिइनेछ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

