स्याङ्जामा ऐतिहासिक काल्खु मेला सुरु
स्याङ्जा | चैत ३१, २०८१
पोखरा: जनसम्पर्क युवा क्लबको आयोजनामा स्याङ्जाको पुतलीबजार नगरपालिका ९ काल्खुमा ‘ऐतिहासिक काल्खु मेला सुरु’ भएको छ ।
‘आजको आवश्यकता, समाज विकासमा युवाको अपरिहार्यता’ भन्ने मुल नारासहित हरेक वर्षको चैत्र पुर्णिमादेखि पञ्चमीसम्म हुँदै आएको ऐतिहासिक मेला शनिबारदेखि सुरु भएको हो ।
उक्त मेलाको उद्घाटन प्रमुख अतिथिसमेत रहेका बबता सेन ठकुरीले गरे ।
सो अबसरमा बोल्दै समाजसेवी ठकुरीले ग्रामिण तथा खेल पर्यटनको विकास गर्न उक्त मेलाले सघाउ पुर्याउने धारणा राखे ।
उनले काल्खुगाउँ तथा आसपासको विकासका लागि ऐतिहासिक मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
ठकुरीले आगामी दिनमासमेत उक्त मेलालाई भव्य बनाउका लागि आफ्नो तर्फबाट सधै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मेलाको उद्घाटनका क्रममा स्थानीय कला तथा संस्कृतिको प्रदर्शनीमार्फत विजेता र उपविजेता घोषणा गरिएको क्लबका प्रमुख सल्लाहकार जीवन थापामगरले जानकारी दिए ।
उनका अनुसार कुल ६ समूहको सहभागिता रहेको सो प्रतियोगिताबाट जागृती टोल विकास संस्था प्रथम बन्दै नगद रु १० हजारसहित पुरस्कृत बन्यो । जागृती टोल विकास संस्थाले काल्खुले कुसिन्डे भाका प्रस्तुत गरेको थियो ।
यस्तै उपविजेता बनेको जिवन ज्योती टोल विकास संस्थाले झ्याउरे भाका प्रस्तुत गरेकोक थियो । जिवन ज्योतीले नगद रु ५ हजार प्राप्त गर्याे ।
अब भलिबलका खेलहरु हुने क्लबका अध्यक्ष दिपक रानामगरले बताए । उनका अनुसार भलिबलतर्फको विजेतालाई नगद ८१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता टोलीलाई नगद ४१
हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्रदान गरिनेछ । भने, तृतीय हुने टिमले नगद २१ हजार रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र हात पार्नेछ ।
सो प्रतियोगिताबाट एउटा टिमलाई अनुशासित टिमको रुपमा नगद रु १२ हजारसहित पुरस्कृत गरिनेछ ।
यसैगरी मेलामा खुला नृत्य प्रतियोगितालाई पनि समावेश गरिएको छ ।
नृत्य प्रतियोगितातर्फ प्रथम हुनेलाई ८ हजार रुपैयाँ, द्वित्तिय हुनेलाई ६ हजार, तृतीय हुनेलाई ४ हजार र सान्त्वना स्थान हाँसिल गर्नेलाई नगद रु २ हजारसहित पुरस्कृत गरिने अध्यक्ष रानामगरले जानकारी दिए ।
उनका अनुसार नववर्षको दिन ख्याती प्राप्त लोक तथा दोहोरी कलाकारहरु चोलेन्द्र पौडेल, माया गुरुङ, कृष्ण गुरुङ, घनश्याम रिजाल, शंकर पन्त, निश्चल थापा मगर, पारु गुरुङ र ममता तामाङले प्रस्तुती दिनेछिन् । भने, २ गते रेशम थापामगर, अर्चना चापागाँई र हो गुरुङले प्रस्तुती दिनेछन् ।
उद्घाटन समारोहमा राप्रपाका केन्द्रीय सदस्य हुकुम सिं राना, लिल बहादुर राना, इश्वर राना लगायतले बोलेका थिए ।
क्लबका अध्यक्ष दिपक रानामगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेम बहादुर रानाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, खिब बहादुर रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

