‘फुड फेष्ट’ गर्दै हिमाल कलेज: पूर्वसँध्यामा खेल पत्रकार र कलेजबीच मैत्रिपूर्ण फुटसल
पाेखरा | जेठ २७, २०८२
पोखरा महानगरपालिका ८ बगालेटोलमा सञ्चालित हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाइनामिक एकेडेमीले हिमाल फुड फेष्ट–२०८२ को आयोजना गर्ने भएको छ ।
आगामी असार पहिलो हप्ता फुड फेष्टको आयोजना गर्ने तयारीमा कलजे जुटेको हो ।
सो फेष्टकाेकाे प्रचारप्रसार गर्ने लक्ष्यसहित नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी र हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डाईनामिक एकेडेमीका शिक्षकहरुबीच मैत्रिपूर्ण फुटसल सम्पन्न भएको छ ।
स्पोर्टस क्यासलमा साेमबार भएको खेलमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले ८–६ को गोल अन्तरले कलेजलाई पराजित गर्याे ।
सो अवसरमा एकेडेमीका अध्यक्ष चेतनाथ भण्डारीले हिमाल फुड फेष्ट–२०८२ पूर्वसन्ध्यामा आयोजना गरेको फुटसलले एक आपसमा पत्रकार र शिक्षकबीचको सम्बन्ध मजबुद गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले खेलकुदले स्वस्थ्य रहन र अनुसाशित हुन प्रेरित गर्ने उनको धारणा थियो ।
यस्तै नेपाल खेलकुद पत्रकार मञ्च गण्ककीका अध्यक्ष एमबी आस्था मगरले संस्थागत सम्बन्ध सुमधुर र सामिप्यता कायम गर्ने बताए ।
उनले हिमाल कलेज र मञ्चबीच दोहोरो सहयोग जरुरी रहने उल्लेख गर्दै कलेजको सकरात्मक कार्यका लागि मञ्च सदैब सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाएका थिए ।
हिमाल कलेजले आफ्नै प्राङ्गणमा यही असारको पहिलो साता फुड फेष्ट–२०८२ आयोजना गर्दैछ ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

