चितुवाको आक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु
तनहुँ | जेठ २७, २०८२
तस्बिर फाइल
तनहुँ: तनहुँको बन्दिपुर–२ कामिडाडामा सोमबार चितुवाको आक्रमणबाट पाँच बर्षीय उत्सव गुरुङको मृत्यु भएको छ ।
करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चितुवाले चिथोरेर भागेपछि गम्भिर घाईते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो । आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो ।
२०७४ सालदेखि हालसम्म ६ बर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाई सकेका छन् ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

