बजेट / र कम
पाेखरा | असार १५, २०८२

कुमार तामाङ, लमजुङ ।
माफ गर्नुहोस् महोदय !
यो बजेट शब्दको
ठेट नेपाली समकक्षी
थाहै भएन मलाई
लाग्छ यो शब्द
हाम्रै बोलिचालीको
‘रकम’ सँग नजिक छ
सुन्दै रङ्गिन लाग्ने
रकम जो छ
साथैमा सधै ‘कम ’ भन्ने विशेषण
बोकी हिड्छ, लुखुर/लुखुर
एउटा आश्चर्य !
यो रकम
सफाचट / टाइसुटधारी
सुटकेसधारी / लुटकेसधारी
सफा साडिवाला / महङ्गो गाडीवाला
पुटुक्क पुष्टिएको पेट
भोगटे झै भुक्क परेको गाला
गलाको महङ्गो माला
सबै सबैलाई सधै कम लाग्ने गर्छ
अर्को आश्चर्य
यो रकम यति पक्षपाती छ कि
सजिव भन्दा निर्जिव
हुदाखाने भन्दा हुनेखाने
जिवित भन्दा मृत
कामको भन्दा नामको
मामको भन्दा दामको
समिप बस्छ प्रत्येक साल
तसर्थ
दिन्छु भनेर ठोकुवा नगर्ने
लुते रकम हरेक बर्ष
दिइने छ / मिलाइने छ / देखाइने छ
पोस्याइने छ / लुकाइने छ
लुटाइने छ / लुटिइने छ
भन्दै अदृश्य भविष्यको
कल्पना मात्रै गर्छ
तर
दिने कसरी / कस्लाई / किन ?
केही बोल्दैन
जिउन सङ्घर्ष गर्नेहरुको
हुर्मत तिर्ने
रवाफी रकम
प्रत्येक वर्ष
पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ
हरेक साल
मृत मदन, स्वर्गबासी सान्दाजु
सान्दाजुको पनि भाई
पुष्पलाल, गणेशमान
हुदाँहुदाँ
जिउदो हुदाँ अकुत कुम्ल्याएको
खुम बहादुर जी पनि
आफ्नो भागमा
रकम छुट्याउन सक्छन्
विडम्बना !
सर्वहाराको सवालमा
खुसुक्क बोल्छ
एकपाँऊ मल / त्यति नै जति बिऊ
एकदुई पत्ता सिटामोल
एक पुरिया जिवनजल
स्कुले नानीहरुलाई
म्याद नाघेको एकपोका चाउचाउ
किरै सराबरिको मैदा / आटाको
रकम छुट्याइने छ
र...कम छुट्याइने ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्...
गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ । मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको गएराति चट्याङ लागेर घटनास्थलमै म...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममाा सम्बोधन गर्न लागेकी हुन्। ...