कास्कीको चार सडकखण्डमा सवारी सञ्चालनमा समय निर्धारण

पाेखरा | असार २५, २०८२

कास्कीको चार सडकखण्डमा सवारी सञ्चालनमा समय निर्धारण

पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ। 


कास्की प्रशासनले असार २५ गतेदेखि १५ दिनका लागि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा समय तालिका लागू गरेको हो।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। 


बैठकमा जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा मनसुनजन्य विपद्बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको बताइएको छ । 


मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले जारी गरेको सूचना अनुसार, पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडकहरू ९विरेठाँटी(घान्द्रुक, विरेठाँटी(उल्लेरी र लुम्ले(लान्द्रुक० मा चल्ने सवारी साधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउनेछन् भने साँझ ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्नेछ।


त्यसैगरी, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले पनि बिहान ५ बजेपछि मात्र यात्रा सुरु गर्न सक्नेछन् भने साँझ ४स्३० बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने नियम बनाइएको छ। 


प्रशासनले तोकिएको समयपछि ती सडकखण्डमा सवारी चलाउन पूर्णरुपमा रोक लगाएको छ। यो व्यवस्थाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति स्थानीय प्रशासनले क्षमा मागेको छ र सबैलाई यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्