कास्कीको चार सडकखण्डमा सवारी सञ्चालनमा समय निर्धारण

पाेखरा | असार २५, २०८२

कास्कीको चार सडकखण्डमा सवारी सञ्चालनमा समय निर्धारण

पोखरा:   जिल्ला प्रशासन कार्यालय, कास्कीले मनसुन सक्रिय भएसँगै बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्लाका चार स्थानमा जाने सडकखण्डमा सवारीसाधन सञ्चालनको समय तोकेको छ। 


कास्की प्रशासनले असार २५ गतेदेखि १५ दिनका लागि अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरूमा समय तालिका लागू गरेको हो।


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा सोमबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो। 


बैठकमा जिल्ला समन्वय समिति, सुरक्षा निकायका प्रमुखहरू, यातायात व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा मनसुनजन्य विपद्बाट बच्न अपनाउनुपर्ने सतर्कताबारे छलफल भएको बताइएको छ । 


मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्रशासनले जारी गरेको सूचना अनुसार, पर्यटकीय क्षेत्र घान्द्रुक, उल्लेरी र लान्द्रुक जाने सडकहरू ९विरेठाँटी(घान्द्रुक, विरेठाँटी(उल्लेरी र लुम्ले(लान्द्रुक० मा चल्ने सवारी साधनले बिहान ५ बजेपछि मात्र प्रस्थान गर्न पाउनेछन् भने साँझ ५ बजेभित्र आफ्नो प्रस्थानविन्दुबाट गन्तव्यका लागि छुटिसक्नुपर्नेछ।


त्यसैगरी, काहुँखोलाबाट ताङ्तिङ जाने सवारी साधनहरूले पनि बिहान ५ बजेपछि मात्र यात्रा सुरु गर्न सक्नेछन् भने साँझ ४स्३० बजेभित्र प्रस्थानविन्दुबाट छुटिसक्नुपर्ने नियम बनाइएको छ। 


प्रशासनले तोकिएको समयपछि ती सडकखण्डमा सवारी चलाउन पूर्णरुपमा रोक लगाएको छ। यो व्यवस्थाले यात्रुवर्गमा पर्न गएको असुविधाप्रति स्थानीय प्रशासनले क्षमा मागेको छ र सबैलाई यात्रामा सावधानी अपनाउन आग्रह गरेको छ।

 

 

काठमाडौं:  पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ।  पशुपति क्षेत्र...

थप पढ्नुहोस्

पोखरा:  लामाचौरमा आयोजित अन्तर मावि छात्रा भलिबल प्रतियोगितामा पोखराको टप्स मावि र शान्ता मावि फाइनलमा प्रवेश गरेका छन् ।  आइतबार पहिलो सेमिफाइनलमा टप्सले सिर्जना माविलाई सोझो सेटमा पराज...

थप पढ्नुहोस्

रौतहट:  रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । ...

थप पढ्नुहोस्