पोखराको न्यूरोडमा ‘द ब्युटी वर्ल्ड’को शाखा
डाइमन्ड ब्यूटी सैलुन सञ्चालनमा
पाेखरा | साउन ७, २०८२
पोखरा महानगरपालिका ८ न्यूरोडमा ‘द ब्युटी वर्ल्ड’को शाखा अन्तर्गत डाइमन्ड ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।
विर्तामोडमा प्रधान कार्यालय रहेको डाइमन्ड ब्युटी सैलुनको शाखा युवा व्यवसायी राकेश पुरी र ममता कार्की पूरीले (महानगरपालिको कार्यालय पारी) सञ्चालनमा ल्याएका हुन् ।
उक्त शाखाबाट ब्युटीसियन सन्बन्धी सबै सेवाहरु प्रदान गरिने सञ्चालिका ममता कार्की पुरीले जानकारी दिइन् ।
महिलाहरुलाई दक्ष गर्ने तथा स्वरोजगारी बनाउने उद्देश्यसहित द ब्युटी वर्ल्डले तालिम प्रदान गर्दै आएको छ ।
उनले सौन्दर्यसँग सम्बन्धित तालिमहरुपनि प्रदान गर्ने गरी तयारी भइरहेको बताइन् ।
गत सोमबारदेखि सेवा शुभारम्भसँगै उद्घाटन भएको सो कार्यक्रममा सौन्दर्यकमी उशा गुरुङ, पूर्व सांसद शारदा पौडेल, दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, जगतमोहन गिरी लागायतको उपस्थिती रहेको थियो ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

