गुंला पर्व सुरु

काठमाडाैं | साउन ९, २०८२

गुंला पर्व सुरु

काठमाडौँ:   बौद्धधर्माम्वलीले मनाउने पर्व गुंला शुक्रबारबाट सुरु भएको छ ।

 

गुंलाको गुंलाथ्व पारुदेखि ११ औं महिना यँलाको यँलाथ्व पारुसम्म चल्ने यस पर्वलाई नेवाः समुदायका बौद्ध धर्मावलम्बीहरुले अति नै महत्त्व मनाउने गर्दछ ।

 

नेपाल संवत् तिथि अनुसार आजबाट एक महिनासम्म बुद्धको उपासना गरी विभिन्न चैत्य तथा बौद्ध बिहार परिक्रमा गरी नामसंगीति पाठ गरि यो पर्व मनाइन्छ ।

 

विशेषगरी काठमाडौँका नेवार समुदायले प्रत्येक दिन मौलिक बाजा बजाएर स्वयम्भू महाचैत्य लयायतका बुद्ध चैत्यहरुमा परिक्रमा गर्छन् ।

 

प्रत्येक दिन बिहान चैत्य तथा गुम्बा, परिक्रमा गरिँदा पापबाट मुक्ति पाउने विश्वास अनुसार एकमहिना अवधिको पर्व मनाउने गरिएको पाइन्छ ।

 

यस अवधिमा धा बाजा, म्वायेली, नेकू बाजा लगायतको विशेष महत्त्व रहेको पाइन्छ ।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्