आईसीसी महिला टी-२० विश्वकप छनोट नेपालमा
काठमाडाैं | साउन १५, २०८२
काठमाडौं: आईसीसी महिला टी–२० विश्वकप छनोट नेपालमा हुने भएको छ। नेपाल अर्को वर्ष जनवरी १२ देखि फेब्रुअरी १६ सम्म हुने आईसीसी महिला टी-२० विश्वकप २०२६ छनोटको आयोजक बनेको हो।
२०२६ मा इंग्ल्यान्ड र वेल्समा आयोजना हुने विश्वकप छनोट खेलका लागि १० टोली सहभागी हुनेछन्। उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुनेछन्।
२०२४ को आईसीसी महिला टी–२० विश्वकपमा सहभागिता जनाएका कारण बंगलादेश र आयरल्यान्ड स्वतः छनोट भइसकेका छन्।
थाइल्यान्ड र नेपाल एसिया क्षेत्रबाट विश्वकप छनोट खेलका लागि योग्य भएका थिए। अमेरिकाबाट अमेरिकाले यो स्थान सुरक्षित गरेको थियो।
बाँकी रहेको ५ स्थानका लागि अफ्रिका स्थानका लागि अफ्रिका र युरोपबाट २ टोली छनोट हुनेछन् भने पूर्वी एसिया प्रसान्त क्षेत्रबाट एक टोली छनोट हुनेछ।
नेपालमा हुने छनोट खेलमा १० टोलीको सहभागी हुनेछ। त्यसलाई ५/५ टोलीको दुई समूहमा विभाजन गरिनेछ।
त्यसपछि एक सुपर सिक्स स्टेज रहनेछ र फाइनल खेल हुनेछ। छनोट खेलको तालिका पछि सार्वजनिक गर्ने आईसीसीले जनाएको छ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

