जनकपुरमा रेल र कार ठोक्किए

धनुषा | साउन २५, २०८२

जनकपुरमा रेल र कार ठोक्किए

धनुषा:  जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापा चोक नजिक आइतबार बिहान रेल र एक कार एकापसमा ठोक्किँदा दुर्घटना भएको छ ।


बागमती प्रदेश०१–०२५च १२९० नम्बरको कार बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो । दुर्घटना रेलमार्ग नजिकैको ‘क्रसिङ एरिया’मा भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।
 

स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठूलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठूलो क्षति पुगेको छ  ।


दुर्घटनापछि केही समय रेल सेवा अवरुद्ध भएको जनाइएको छभने सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सिंहले जानकारी दिनुभयो । 

काठमाडौं:  नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यक...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर ...

थप पढ्नुहोस्

ढोरपाटन:  घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् ।  एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले ...

थप पढ्नुहोस्