स्याङ्जाको आर्थिक फड्को, थपिए ९ सय उद्योग
स्याङ्जा | साउन २५, २०७९
पोखराः स्याङ्जामा गत आर्थिक वर्ष २०७८/०७९ मा ८ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् ।
कृषि तथा पशुपक्षी र सानो पुँजीको लगानीमा जिल्लामा पछिल्लो समय ८ सय ९४ घरेलु तथा साना उद्योग थपिएका हुन् ।
तुलनात्मक रुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । गत आर्थिक वर्षमा ८ सय ९४ घरेलु तथा साना उद्योग थपिँदा
वाणिज्य (पसल, व्यवसाय)तर्फ ६ सय ८४ नयाँ दर्ता भएको प्रमुख रेग्मीले बताए ।
उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो रहेको कार्यालय जनाएको छ ।
आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा उद्योग तथा व्यवसाय दर्तामा भने कमी आएको छ । आव २०७७/०७८ मा १ हजार ४ सय ७५ उद्योग दर्ता भएका थिए भने पछिल्लो वर्ष ९ सय ६६ पसल तथा व्यवसाय दर्ता भएका छन् ।
२०७७/०७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा ५ सय ८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २ सय ८२ मात्रै दर्ता भएका छन् । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता अनिवार्य गरेपछि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने क्रम घटेको कार्यालयले जनाएको छ ।
कार्यालयले गएको आर्थिक वर्षमा ७९ वटा उद्योग र १ सय १० वटा वाणिज्य (पसल, व्यवसाय)को दर्ता खारेजी गरिएको छ । जिल्लामा २०७९ असार मसान्तसम्ममा ८ हजार ९ सय १२ उद्योग दर्ता भएकोमा ५ हजार ८ सय ८३ वाणिज्य (पसल, व्यवसाय)मात्रै सञ्चालनमा रहेका छन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

