किशोरको अपहरणपछि निर्मम हत्या

सिरहा | असोज ७, २०८२

किशोरको अपहरणपछि निर्मम हत्या सांकेतिक तस्वीर

सिरहा:  सिरहा जिल्लाको गोल बजार नगरपालिका–१३ स्थित भेल्हा डंगराहा गाउँमा एक किशोरको अपहरणपछि हत्या गरिएको दर्दनाक घटना सार्वजनिक भएको छ। १५ वर्षीय अभिषेक सिंहको शव मङ्गलवार बिहान गाउँकै आँपको बगैँचामा फेला परेको प्रहरीले जनाएको छ।


अभिषेक गत असोज ५ गते साँझ अचानक हराएका थिए। परिवारले रातभर खोजतलास गरे पनि उनको कुनै अत्तोपत्तो लागेन। तर भोलिपल्ट बिहान अभिषेककै इमो एपमार्फत आमालाई आएको एक सन्देशले घटनाले नयाँ मोड लिएको थियो। सन्देशमा लेखिएको थियो– “तपाईँको छोरा हाम्रो कब्जामा छ। पाँच करोड रुपैयाँ नदिए उसको ज्यान लिनेछौँ। प्रहरी वा अरू कसैलाई खबर गरे परिणाम घातक हुनेछ।” यस्तै किसिमका धम्कीपूर्ण सन्देशहरू लगातार आइरहेका थिए।


अपहरणकारीहरूले आफूहरू बिहारबाट भएको दाबी गर्दै पैसा नदिए हत्या गर्ने चेतावनी दिएका थिए। परिवार अत्यन्तै तनावमा परेपछि अन्ततः प्रहरीले सहयोग लिएको थियो। घटनाको अनुसन्धानमा खटिएको टोलीका अनुसार अभिषेकको शव स्थानीय आँप बगैँचामा भेटिएको हो। घटनास्थलमा तालिमप्राप्त कुकुरसहितको फरेन्सिक टोली परिचालन गरिएको छ।


जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले घटनाको पुष्टि गर्दै अनुसन्धान तीव्र पारिएको जानकारी दिनुभयो। 


“हत्या गम्भीर प्रकृतिको देखिएको छ, अपराधीको पहिचान तथा पक्राउका लागि हामी सबै स्रोत परिचालन गरिरहेका छौं,” एसपी शर्माले भन्नुभयो। 


हालसम्म घटनामा संलग्न व्यक्तिको पहिचान खुल्न सकेको छैन। तर प्रारम्भिक अनुमान अनुसार अपहरणपछिको योजनाबद्ध हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ। स्थानीयवासी भने सो घटनापछि आक्रोशित र त्रसित छन्। बालकको निर्दोष हत्या र पाँच करोड फिरौतीको मागले गाउँमा सन्त्रास फैलिएको छ।

पोखरा:   पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रति...

थप पढ्नुहोस्

पोखरा:  कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ ।                       &...

थप पढ्नुहोस्

पोखरा:   पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।  तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...

थप पढ्नुहोस्