कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडाैं | असोज ३१, २०८२

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । शुक्रबार बोर्डले गोरखापत्रमार्फत् सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो ।


बोर्डले पुराना आंशिकतर्फका नौ हजार ९३४ विद्यार्थीमध्ये पाँ हजार ९१६ जना उत्तीर्ण भएको जनाएको छ । त्यस्तै, ग्रेड वृद्धितर्फ चार हजार ९७६ जनाले परीक्षा दिएकामा तीन हजार ५४० जना उत्तीर्ण भएका छन् ।


यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ४५६ जना उत्तीर्ण भएका छन् । दुई जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ   ।


राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ । नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा हेर्न सकिनेछ । साथै १६०० र  ८१६०१३ डायल गरी प्राप्त निर्देशनअनुसार पनि नतिजा हेर्न सकिन्छ । 

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्

पोखरा ।   ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।   पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

थप पढ्नुहोस्