पोखरामा भोलिदेखि भेट्रान्स फुटबल, उपाधि राशी १ लाख

पाेखरा | पुस २२, २०८२

पोखरामा भोलिदेखि भेट्रान्स फुटबल, उपाधि राशी १ लाख

पोखरा:  भाइब्रेन्ट फुटबल क्लबको आयोजनामा पोखरामा भोलिदेखि प्रथम केआइइसी पोखरा सेभेन ए साइड भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । 


प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुडिँखेल मैदानमा आयोजना हुनेछ । 


भेट्रान खेलाडीका लागि आपसी भाइचारा कायम गराउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संयोजक विरेन्द्र गुरुङले जानकारी दिए ।


 ‘भेट्रान खेलाडीहरुलाई आफ्नो युवा उमेरको सम्झना दिलाउनका लागि यो प्रतियोगिताले मद्धत गर्ने हामीले विश्वास लिएका छौं । युवा अवस्थामा फुटबल खेलेर हिडेर आज परिवारसँग बस्दै आएका र फुटबलमै लागेका पुराना खेलाडीलाई मैदानमा उतार्ने हाम्रो योजना हो’ उनले भने, ‘यो प्रतियोगितामात्रै होइन । हाम्रो आपसी भाइचारा र सम्बन्ध विस्तार गर्ने थलो पनि हो ।’ 


पहिलो पटक प्रतियोगिता गर्न लागेकाले सबैले साथ र सहयोग गर्न उनले आग्रह गरे । उनका अनुसार प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लासहित कुल १८ टिमको सहभागिता रहनेछ । 


प्रतियोगिताको विजेताले एक लाख रुपैयाँका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ६० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 


यस्तै उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ तथा उच्च गोलकर्ताले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको रहेको छ । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ ।
 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्