थातथलो खोज्दै युकेदेखि नेपालसम्म: ‘क्होला सोँप्री ट्हो’ को यात्रामा प्हे ल्हु संघ बेलायतको टोली
पाेखरा | बैशाख ४, २०८३
पोखरा । तमु जातिको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक उद्गमस्थल मानिने ‘क्होला सोँप्री ट्हो’ को प्रवद्र्धनका लागि तमु प्ये ल्हु संघ युकेले विशेष भ्रमण तथा अन्वेषणमा निस्कने भएको छ ।
आगामी वैशाख ६ गतेदेखि ११ गतेसम्म ६ दिने यस पदयात्रामा बेलायत र नेपालका गरी ५० भन्दा बढी सहभागी हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । तमु शास्त्र (प्ये) अनुसार क्होला सोँप्री ट्हो तमु जातिको अन्तिम राज्यस्थल र पितृहरूको आत्मा बस्ने पवित्र थलो मानिन्छ ।
सन् २००० तिर क्याम्ब्रिज विश्वविद्यालय र नेपालको पुरातत्व विभागले गरेको उत्खननका क्रममा यहाँ फेला परेको कोइलाको परीक्षण गर्दा यो स्थल करिब १३ सय वर्ष पुरानो भएको प्रमाणित भएको थियो । तर, देशको द्वन्द्वकालीन परिस्थितिका कारण बीचमै रोकिएको उत्खनन कार्यलाई पुनः गति दिन र यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यलाई दबाब दिने उद्देश्यले यो भ्रमण तय गरिएको हो ।
भ्रमण टोलीका प्रमुख क्या. डेमबहादुर योज तमुका अनुसार वैशाख ६ गते पोखराको फ.लि.ना. क्होँइँवोबाट यात्रा सुरु गरी टोली लमजुङको भुजुङ पुग्नेछ । त्यसपछि क्होलामा पुगेर टोलीले त्यहाँको सिमेभुमे र पितृ–पुर्खाहरूको सम्मानमा ‘छ्योप’ र ‘थासो’ पूजा गरिने टोलीका प्रमुख क्या. डेमबहादुर योज तमुले बताए ।
उक्त थलोलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन राज्यसँग पहन गर्नका लागि ऐतिहासिकता झल्किने डकुमेन्ट्री निर्माण गर्ने र खेगीगुरुहरूबाट प्राचीन जानकारी संकलन गरी क्होला सोँप्री ट्हो दर्पण’ प्रकाशन गर्ने लक्ष्य राखेको तमु प्ये ल्हु संघ युकेका सचिव भेग गुरुङले बताए ।
उनका अनुसार भ्रमणको छैटौं दिन टोली सिक्लेस हुँदै पुनः पोखरा फर्कने छ । सो टोलीले पोखरा फर्केपछि स्याङ्जा, कास्की, गोरखा, तनहुँ, चितवन र नवलपुरका १० वटा निर्माणाधीन क्होँइँवोहरूलाई आर्थिक सहयोग हस्तान्तरण गर्ने सचिव गुरुङले बताए ।
पदथात्राको क्रममा कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै टोलीमा स्वास्थ्यकर्मी, प्राथमिक उपचारक र आपतकालीन उद्धारका लागि हेलिकप्टरसम्मको प्रबन्ध मिलाइएको छ ।
तमु प्ये ल्हु संघ केन्द्रीय समिति, कास्की र लमजुङ जिल्ला समिति तथा स्थानीय भुजुङ र सिक्लेसवासीले यस ऐतिहासिक भ्रमणको व्यवस्थापनमा सहयोग गर्ने जनाइएको छ ।
अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले इरानका लगभग १४० सैन्य प्रतिष्ठानलाई निसाना बनाइएको बताएको छ। सेन्टकमका अनुसार ...
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...

