पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

पुरुषतर्फकाे उपाधि राशी ४० हजार

पाल्पा | असोज २१, २०८३

पाल्पाको दान्सिँघामा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । 

 

स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । 

 

क्लबका अध्यक्ष दुर्गा बहादुर बरालले खेल कात्तिक ९ गतेदेखि सुरु हुने जानकारी दिए ।  

 

उनका अनुसार कानुङ प्राविको खेलमैदानमा हुने सो प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले नगदरु ४० हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

 

 

यस्तै द्वितीय हुनेले नगद रु ३० हजार, तृतीय हुनेले नगद रु १५ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । भने, सान्त्वना स्थान हाँसिल गर्ने टिमले नगद रु ६ हजार हात पार्नेछ ।

 

टिम दर्ता भने ४ हजार रुपैयाँ निर्धारण गरिएको अध्यक्ष बरालले बताए । 

 

यस्तै महिलातर्फ प्रथम हुने टोलीलाई नगद रु १३ हजार, द्वितीय हुनेलाई ९ हजार र तृतीयलाई ६ हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने खेल संयोजक मदन बरालले जानकारी दिए ।

 

उनका अनुसर टिम दर्ता शुल्क ७ सय ५५ रुपैयाँ तोकिएको छ ।

 

प्रतियोगितामा सहभागी जनाउनका लागि कात्तिक ७ र ८ गते भित्र टिम दर्ता गरिसक्नुपर्ने  आयोजकले जनाएको छ । 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्