फोटो पत्रकार अक्षयकोषमा आदर्श हार्डवयरको २५ हजार सहयोग
पाेखरा | मंसिर ७, २०८३
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा पोखरा–२९, भण्डारढिकस्थित आदर्श हार्डवेयरले आर्थिक सहयोग गरेको छ ।
हार्डवेयरको १५औँ वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा अक्षयकोषमा नगद २५ हजार १५ रुपैयाँ सहयोग गरिएको हो । हार्डवयरका सञ्चालक विजय गुरुङ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई शनिबार उक्त रकम हस्तान्तरण गरेका हुन् ।
अक्षयकोष सहयोगदाता गुरुङले सामाजिक उत्तरदायित्व अन्तर्गत फोटो पत्रकारको हितका लागि अक्षयकोषमा सहयोग गरेको बताए ।
एनपिजेए कास्की अध्यक्ष राम गुरुङले फोटो पत्रकार रानालाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरुबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्ने २२ औं लेखनाथ महोत्सव आगामी पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ ...
पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा हुने ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३’ को तयारी पुरा भएको छ । फेवा मल्टिप्रोडक्ट पोखराको ...
काठमाडौं । निरोसन डिकवेलाको अर्धशतक मद्दतमा सुदूरपश्चिम रोयल्सलाई पहिलो क्वालिफायरमा ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।...

