रेडियो सराङ्कोटको वार्षिकोत्सवमा रक्तदानदेखि मिडिया कप फुटसल प्रतियोगितासम्म
फुटसल कप च्याम्पियनलाई ४० हजार
कास्की | भदौ २, २०७९
पोखरा: सामुदायिक रेडियो सराङ्कोटले १६ औँ वार्षिकोत्सवको अवसरमा ‘मिडिया कप’ फुुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पोखरामा केन्द्रिय कार्यालय रहेको रेडियो सराङकोटको वार्षिकोत्सवको अवसरमा आगामी आसेज ७ र ८ गते मिडिया फुटसल आयोजना गरिने आज (बिहीबार) पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
कार्यक्रम संयोजक युवराज भण्डारीले दुई दिन सञ्चालन हुने प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । उनका अनुसार उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
उनले प्रतियोगितामा विधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको जानकारी दिए ।
‘कास्कीमा आवद्ध संचार माध्यममा क्रियाशिल संचारकर्मी तथा पत्रकारहरुले मात्र खेल्न पाउने गरि मिडिया कप फुुटसल प्रतियोगिता आयोजना गरेका हौँ, उनले भने,‘ गैर पत्रकार समावेश भए टिमलाई रद्द गर्नेछौँ रेडियो अनलाइन तथा टेलिभिजनमा कार्यरत कर्मचारी तथा पत्रकार मात्र खेल्न पाउने छ ।’
संयोजक भण्डारीका अनुसार अनलाइनको हकमा २ वटा मिडिया मर्ज गरेर खेलमा सहभागी हुन पाउँनेछन् । उनले उक्त प्रतियोगितामा करिब २५ टिमको सहभागिता रहने जानकारी दिएका थिए ।
वि.स. २०६३ साल असोजमा सराङकोट बहुुउद्धेश्यीय सहकारी संस्थादारा स्थापित रेडियो सराङकोटले असोज ६ गते वार्षिकोत्सव मनाउँनेछ ।
रेडियोले भदौ ७ गते कास्कीमा क्रियाशिल महिला पत्रकारलक्षित तीज प्रगियोगिता , रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गर्ने आयोजकले जनाएको छ ।
गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

