स्थापना दिवसको अवसरमा बिशाल सहकारीद्धारा रक्तदान कार्यक्रम
पाेखरा | भदौ ११, २०७९
पोखरा । पोखरा ४ बुद्ध बिशाल बजारमा रहेको बिशाल बचत तथा ऋण सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ युनिट रगत सकंलन भएको छ ।
बिशाल बचत तथा ऋण सहकारी सस्थाँको स्वास्थ्य उप समिति सयोजनमा आयोजित रक्तदान कार्यक्रममा बोल्दै बिशाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भुवन नेम्कुलले सहकारीले विभिन्न समयमा सामाजिक उतर दाहित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरीएको बताए।
सहकारीका उपाध्यक्ष शिव शर्माले सामाजिक उतरदायित्व अन्तरगत सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा सहकारीका स्वास्थ्य उप समिति सयोजक बुद्धी पौडेल सहकारीकी सचिव तारा पराजुली पौडेल लगाएतले रक्तदान कार्यक्रमको बारेमा बोलेका थिए ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । उक्त अवसरमा सहकारी सस्थाको २३ औँ स्थापना दिवसको अवसरमा केक समेत काटिएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विशेष सयोग गरेको थियो ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

