दलहरुको ‘मनी’ र ‘मसल’ले चुनाव प्रभावित हुने चिन्ता

काठमाडाैं | बैशाख २१, २०७९

दलहरुको ‘मनी’ र ‘मसल’ले चुनाव प्रभावित हुने चिन्ता

काठमाडौँ, वैशाख २१ गते । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन ‘मनी’ र ‘मसल’ले प्रभावित हुने हो कि भन्ने डर आफूलाई लागेको टिप्पणी गर्नुभएको छ । उहाँले मिथ्या सूचनाको प्रवाहले यस्तो हुनसक्ने बताउँदै मतदातालाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन खोज्ने तìव हाबी हुन सक्नेप्रति सचेत गराउनुभयो । 

 

सामुदायिक रेडियो प्रसारक सङ्घ (एको-याब)ले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ सार्वजनिकीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले यस्तो विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मनी र मसलले प्रभावित भए निर्वाचनप्रति नै अनास्था फैलिने र यसले लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति आउन सक्छ ।”

 

उहाँले उम्मेदवारहरूबीच दुष्प्रचार, अपमानजनक र चरित्र हत्या गर्ने वा द्वेषपूर्ण अभिव्यक्ति दिने क्रम सुरु भइसकेको बताउँदै उक्त विषय गम्भीर रहेको स्पष्ट गर्नुभयो । असामाजिक र अमानवीय तथा कसैको चरित्र हत्या र आत्मसम्मानमाथि चोट पुग्ने किसिमका र कसैलाई लाञ्छित गर्ने विषयमा टिप्पणी नगर्न उम्मेदवार तथा नेतृत्व वर्गलाई चेतावनी दिनुभयो । यस प्रकारको टिप्पणीलाई सञ्चारमाध्यममा स्थान दिन नहुने र आमसर्वसाधारणले समेत सामाजिक सञ्जालमा प्रोत्साहित हुने गरी लेख्न नहुने उहाँको आशय थियो ।

 

उहाँले निर्वाचनमा निष्ठा, इमान, जनपक्षीयता, सेवामुखी भावना र प्रतिबद्धताले जित्नुपर्नेमा जोड दिनुभयो ।“दस दिन मात्रै बाँकी रहँदा आचारसंहिताको सवै बुँदाको पालना गरी हामीले बनाएको नियम व्यावहारिक एवं उपयोगी रहेको तथा यसले निर्वाचनको स्वच्छता र पारदर्शितालाई सकारात्मक प्रभाव पार्छ सिद्ध गर्न समेत सबैसमक्ष चुनौती रहेको छ,” उहाँले भन्नुभयो । सामुदायिक रेडियो प्रसारक सङ्घले स्थानीय निर्वाचन २०७९ लाई लक्षित गरी रेडियोकर्मी र सञ्चालकले पालना गर्नुपर्ने आचारसंहिता जारी गरेको छ । संहितामा रेडियोकर्मी र सञ्चालकले गर्न हुने र गर्न नहुने बुँदाहरू समेटिएका छन् । 

 

प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चारमाध्यमले प्रसारण गर्ने विज्ञापनको अनुगमन गर्न तथा अभिलेख राख्न नेपाल विज्ञापन बोर्डलाई जिम्मेवारी दिइएको बताउनुभयो । चुनावमा रेडियोले प्रसारण गर्न सक्ने विज्ञापनबारे प्रस्ट्याउँदै उहाँले भन्नुभयो, “एउटा रेडियोले २४ घण्टामा एक मिनेटमा नबढ्ने गरी दुई पटक मात्रै एक जना उम्मेदवारको प्रचार प्रसारण गर्न पाउनेछन् ।” 

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्