बाबु छोरीको कार दुर्घटनामा मृत्यु पछि फरार मल्ल पक्राउ, पोखरामा सार्वजनिक गरिँदै

काठमाडाैं | बैशाख २१, २०७९

बाबु छोरीको कार दुर्घटनामा मृत्यु पछि फरार मल्ल पक्राउ,  पोखरामा सार्वजनिक गरिँदै

पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार भएको दुर्घटनापछि फरार रहेका कार चालक एन्जिल बम मल्ललाई काठमाण्डौंमा पक्राउ गरी पोखरा ल्याइएको छ । 

 

हाल मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रहरीका अनुसार मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले  ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको हो । 

 

घटनापछि फरार मल्लको खोजीमा जुटेको प्रहरीले उनको फोटो सार्वजनिक गर्दै सहयोगको अपीलसमेत गरेको थियो । 

 

प्रहरी सुत्रले दिएको जानकारी अनुसार आजै मल्ललाई पत्रकारसमक्ष सार्वजनिक गर्ने सम्भावना छ । 

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्