कास्कीमा १६ मध्ये जसले पनि टिकट पाउन सक्छ : सहमहामन्त्री परियार
पाेखरा | भदौ २०, २०७९
पोखरा : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कास्की क्षेत्र नम्बर १ बाट आफुसँगै सिफारिस भएका जसले पनि टिकट पाउने सम्भावना भएको बताएका छन् ।
नेपाली कांग्रेसले सुुरुवात गरेको जनताको साथमा कांग्रेस अभियानको अवसरमा पोखरामा आइपुगेका सहामहामन्त्री जिवन परियारले आफुुसँगै सिफारिस भएका जसले पनि टिकट पाउने सम्भावना भएको बताएका हुन् ।
उनले भने, ‘मसँगै सिफारिस भएका जसले पनि टिकट पाउन सम्भावना छ, जसले टिकट पाउने छ उसलाई जिताउन लाग्नेछु’ परियारले भने ‘गठबन्धनमा छलफल भइरहेकाले मैले नपाए गठबन्धनले टिकट पाउँछ उसलाई जिताउन एकमत छौं ।’
सहमहामन्त्री परियारले गठबन्धनबाट कसले कति सिट पाउने भनेर अन्तिम चरणको छलफल भइरहेकाले बाहिरको हल्लाको पछि नलाग्न सुझाव दिए । उनले भने, गठबन्धनका विषयमा अनेक किसिमका भ्रमहरु सृजना गरिए पनि त्यसमा कुनै सत्यता छैन ।’
‘हामी सबै जना ढुक्क भएर निर्वाचनमा केन्द्रित छौं’ सहामहामन्त्री परियार भन्छन् ‘गठबन्धन कुनै पनि हालतमा टुट्दैन ।’
सत्ता गठबन्धन भत्काउन देशी, विदेशी शक्तिहरु लागेपनि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउबाले सुझबुझपूर्ण तरिकाले काम गरेको उल्लेख गर्दै उनले गठबन्धन निकै दह्रो भएको स्पष्ट पारे ।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

