पोखरा महानगरले आर्ट ग्यालरीको भवन हटाउने भएपछि व्यापारीले रातारात पसल हटाउँदै
पाेखरा | भदौ २२, २०७९
पोखरा : पोखरा महनगरपालिका- ९ महेन्द्रपुल स्थित पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काउने सुचनाको पुर्व सन्ध्यामा व्यापारीहरुले रातरात पसल हटाउन थालेका छन् ।

भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई भवन खाली गर्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरेको थियो । सोमबार पोखरा महानगर वडानम्बर -९ का अध्यक्ष दिपेन्द्र मर्सानीले व्यापारीहरुलाई गुलावको फुल दिएर व्यापारीहरुलाई सटर खाली गर्न आग्रह गरेका थिए ।
भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक शौचालय बनाउने महानगरको योजना छ ।

पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

