पोखरा खबर:  अर्कैको नाममा ट्रायल दिँदा मञ्जुसँगै पक्राउ परिन निरा

पाेखरा | भदौ २४, २०७९

पोखरा खबर:  अर्कैको नाममा ट्रायल दिँदा मञ्जुसँगै पक्राउ परिन निरा

 

पोखरा । पोखरामा सवारी साधन अनुमति पत्रको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । 

 

यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्की गण्डकी प्रदेश, कास्की पोखराबाट सञ्चालन गरिएको वर्ग ‘के’ स्कुटरको ट्रायल परिक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । 

 

भदौँ २२ गते सञ्चालन भएको उक्त परिक्षामा तनहुँ भानु नगरपालिका वडा नं. २ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षा दिने जिल्ला मकवानपुर घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने वर्ष २६ की निर्मला विश्वकर्मा प्रकाउ परेका हुन । 


साथै उक्त परिक्षा दिन लगाउने भानु नगरपालिका वडा नं. ४ घर भई हाल पोखरा १७ घारीपाटन बस्ने वर्ष ३५ को निरा रानाभाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए । 


दोषीलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ  ।
 

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्