पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार

पाेखरा | भदौ २५, २०७९

पाडी–बाच्छी हुर्काउने किसानलाई दश हजार

 

कास्की । कास्की जिल्लालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ यहाँका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन रकम वितरण गरिएको छ ।    

 

उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमअन्तर्गत भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले कास्कीका नौवटा दुग्ध सहकारीलाई प्रोत्साहन कार्यक्रमअन्तर्गत रु ४४ लाख ४६ हजार वितरण गरिएको हो । पन्ध्र सहकारीले आवेदन दिएकामा नौवटा दुग्ध सहकारी छनोटमा परेको केन्द्रका प्रमुख केदार पाण्डेले जानकारी दिनुभयो । 

 

    नौवटा सहकारीले उत्पादन गरेको १७ लाख ७८ हजार लिटर दूधमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसाका दरले रु ४४ लाख ४६ हजार वितरण गरिएको उहाँको भनाइ थियो । 

 

    त्यसैगरी आर्थिक वर्ष ०७८/७९ मा पाडी–बाच्छी हुर्काउन प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत जिल्लामा रु ४१ लाख वितरण गरिएको उक्त कार्यालयले जनाएको छ । 

 

    पोखराको ३३ नं वडा र कास्कीको अन्नपूर्ण गाउँपालिकालाई लक्ष्य गरी कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत पाडी–बाच्छी हुर्काउने  तीन सय ५५  किसानका चार सय १० वटा पाडी–बाच्छीलाई रु १० हजारका दरले रु ४१ लाख प्रोत्साहन सहयोग रकम प्रदान गरिएको उक्त कार्यालयका अधिकृत सहदेव पौडेलले बताउनुुभयो । 

 

    पाडी–बाच्छीका लागि पाँच सय किसानले आवेदन दिएकामा तीन सय ५५ किसान छनोटमा परेका थिए ।    साना व्यावसायिक फार्म स्थापना तथा विस्तारका लागि उक्त कार्यालयले विभिन्न ६४ बाख्रा फार्मलाई ११ लाख सहयोग गरेको र वार्षिक रु ४३ लाख पुर्याउने लक्ष्य राखिएको बताइएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्