काईनेटिक ढुङगा बिक्री गर्न हिँडेका सुरत पक्राउ

काठमाडाैं | बैशाख २३, २०७९

काईनेटिक ढुङगा बिक्री गर्न हिँडेका सुरत पक्राउ

जाजरकोट:  अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ ।

 

प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । 

 

कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्