गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन कल्चरबिच भगिनी सम्बन्ध कायम
कार्तिक २३ गते पोखरामा ‘रसियन कल्चर सो’ हुने
पाेखरा | भदौ २८, २०७९
पोखरा: गण्डकी प्रज्ञा प्रतिष्ठान र रसियन सेन्टर अफ साईन्स एण्ड कल्चर बिच भगिनी सम्बन्ध कायम भएको छ । जसको लागि सोमबार रसियन कल्चर सोको कार्यालय काठमाण्डौमा दुवैपक्षबिच एमओयू सम्झौता भएको छ । सम्झौता पत्रमा रसियन सेन्टर अफ साईन्स एण्ड कल्चरको तर्फबाट डाइरेक्टर एन्टोन मास्लोभ र गण्डकी प्रज्ञा प्रतिष्ठानको तर्फबाट सदस्य सचिव मनकुमार श्रेष्ठले हस्ताक्षर गरें ।
हस्ताक्षर पश्चात सदस्य सचिव श्रेष्ठले आफुहरुको कार्यकालको ऐतिहासिक सम्झौता भएको बताए । सम्झौता पश्चात हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुने उनको भनाई छ । ‘यो ऐतिहासिक सम्झौता हो, अब हरेक वर्ष सांस्कृतिक कार्यक्रम आदानप्रदान हुनेछ’ श्रेष्ठले भने ।
रसियन दुतावासका प्रथम सचिव समेत रहेका मास्लोभले गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिए । ‘गण्डकी प्रज्ञा प्रतिष्ठानसँग भगिनी सम्बन्ध विस्तार गर्न पाउँदा अत्यन्त खुशी लागेको छ, यो सम्बन्ध दीर्घकालिन बनाउने छौँ’ उनले वाचा गरे ।
सम्बन्ध स्थापित भएसँगै गण्डकी प्रज्ञा प्रतिष्ठानले रसियन सांस्कृतिक टोलीलाई पोखरामा निमन्त्रणा गरेको छ । सो निमन्त्रणालाई स्विकार गर्दै डाइरेक्टर मास्लोभले २५ जनाको टोली आगामी कार्तिक २१ पोखरा आउने बताएको प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठले जानकारी दिए ।
सांस्कृतिक टोलीको सहभागीतामा कार्तिक २२ गते पोखरामा एक अर्काको संस्कृतिका बारेमा अन्र्तक्रिया कार्यक्रम आयोजना गरिने प्रतिष्ठानले जनाएको छ । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा कार्तिक २३ गते ‘रसियन कल्चर सो’ समेत हुनेछ । यो ‘कल्चरल सो’ मार्फत गण्डकी प्रदेशबासीले रसियन कल्चरको बारेमा जानकारी पाउने प्रतिष्ठानका सदस्य सचिव श्रेष्ठको विश्वास छ ।
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...
काठमाडौं: भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आइतबार २४ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । नेपाली टोलीको...
पोखरा: स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्। खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

