फेवा अतिक्रमण काण्ड: ‘अटेरी रेडिमिक्स्चर’ महानगरको नियन्त्रणमा
पाेखरा | असोज २, २०७९
                                
                            कास्की: पोखरा महानगरपालिकाले पोखरा ६ लेकसाइडस्थित फेवाताल किनारमा मापडण्ड विपरित बनेको घरको ढलान गर्न लागेको रेडिमिक्स्चरलाई नियन्त्रणमा लिएको छ ।
ग १ क ४८२२ नम्बरको फेवा प्रालिको रेडिमिक्स्चरलाई लेकसाइडबाट आज (आइतबार) पोखरा महानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।
फेवातालको ६५ मिटर मापडण्डभित्र निर्माणाधिन दीपेन्द्र महर्जनको घरको ढलान गर्न उक्त रेडिमिक्स्चर पुगेको महानगर स्रोतले बतायो । ‘हिजो महानगरप्रमुखनै गएर दीपेन्द्रलाई तालदेखि ६५ मिटरभित्र भइरहेको घर निर्माणको काम रोक्न भनिसकेको अवस्था हो, स्रोतले भन्यो, ‘आज उसले अटेर गरेर ढलान गर्न त्यो रेडिमिक्स्चर लगेको रहेछ । त्यसपछि हामीले नियन्त्रणमा लिएका हौं ।’
हिजो (शनिबार) मात्रै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लेकसाइड पुगेर फेवातालको ६५ मिटरको मापडण्डभित्रको संरचना हटाउन र कुनै पनि नयाँ संरचना नबनाउन उर्दी जारी गरेका थिए ।

सोही क्षेत्रमा निर्माणाधिन घरको ढलान गर्न फेवाको रेडिमिक्स्चर पुगेको थियो । घरधनी महर्जनले अटेर गर्दै निर्माण रोक्नुको सट्टा ढलान प्रक्रिया अघि बढाएपछि नगर प्रहरीले रेडिमिक्सरलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।
यसैबीच महानगरले पोखरा महानगरपालिकाभित्र निर्माण भएको संरचना मापडण्ड अनुसार भए नभएको यकिन गरेर मात्र सेवा प्रदान गर्न निर्माण व्यवसायीहरुलाई सुचित गरेको छ ।

महानगरले आज सुचना जारी गर्दै मापडण्ड विपरित निर्माण भइरहेको संरचनामा कुनैपनि निर्माण व्यवसायी कम्पनीले सेवा प्रदान गरेको भेटिएमा त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायतका समाग्रीहरु कानून बमोजिम नियन्त्रणमा लिइने सुचनामा उल्लेख छ ।
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं-२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन्। यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा...
                    
