प्रेमलाई गण्डकी प्रदेश उत्कृष्ट 'फोटो पत्रकारिता अवार्ड'

काठमाडाैं | असोज ७, २०७९

प्रेमलाई गण्डकी प्रदेश उत्कृष्ट 'फोटो पत्रकारिता अवार्ड'

पोखरा: पोखरेली फोटो पत्रकार प्रेम थापाले राष्ट्रिय फोटो पत्रकारिता अवार्ड अन्तर्गत गण्डकी उत्कृष्ट फोटो पत्रकारिता अवार्ड प्राप्त गरेका छन ।

 

काठमाडौंमा राष्ट्रिय फोटो पत्रकार समुह नेपाल एनएफपीजे ले आफ्नो २५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरेको अवार्ड कार्यक्रममा उनले अवार्ड प्राप्त गरेका हुन् ।  
 

कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले थापालाई प्रसंशा पत्र र अवार्ड हस्तान्तरण गरे ।  सो विधामा उत्कृष्ट ५ मनोनयनमा खिम लामिछाने, राधीका कंडेल, किरण आचार्य, रजनी तामाङ्ग पर्न सफल भएका थिए । उनिहरुलाई उन्छिन्दै थापाले अवार्ड हात पारेका हुन् । 
 

उक्त फोटोपत्रकारिता विधाको निर्णायकमा संस्थाका पूर्व अध्यक्ष मिनरत्न बज्रचार्य, राजभाइ सुवाल र आजीवन सदस्य राजन काफ्ले रहेका थिए । उनिहरुको नजरमा प्रेमको फोटो परेको हो । पुरस्कृत थापा परिचय डटकममा अवद्द छन् ।


कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफुले पनि फोटोग्राफी सम्बन्धि तालिम लिएको स्मरण गरे । फोटो पत्रकारका सुख दुखमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनको छ । फोटो माध्यम देशको अवस्था झल्काउन सहज हुने भएकाले यहाँको सांस्कृतिक संरक्षणमा फोटो पत्रकारहरुको भुमिका महत्त्वपूर्ण रहेको भनाई उनको थियो ।

 

युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज अथकले पछिल्लो समयमा फोटो पत्रकारितामा युवाहरुको आकर्षण देख्दा खुशी लागेको बताए । फोटो पत्रकारितालाई पेशा बनाई जीविकोपार्जन गर्ने पत्रकारको संरक्षणमा सरकार लागेको भनाइ उनको छ ।
 

समूहले विभिन्न अवार्डका विधाहरुमा आवेदन खुल्ला गरि पाँच जना नोमीनेशनवाट छनौट गरी फरक फरक विधामा एक एक जना फोटोपत्रकार विजेताहरु चयन गरेको थियो ।

 

विभिन्न विधा अन्र्तरगत नेपाल टेलीकम दैनिक जीवन फोटो पत्रकारिता विधा तर्फ सुनील सर्मा , खेलकुद फोटोपत्रकारीता विधामा हरिस सिंह नगाल, पञ्चकन्या ग्रुप महिला फोटोपत्रकारिता विधामा अनन्ता भण्डारी, पर्यटन तथा संस्कृति फोटोपत्रकारिता विधाका लागि हरि मर्हजन, ग्लोवल आईएमइ बैंक आर्थिक फोटोपत्रकारिता विधामा असोक दुलाल, राजनैतिक फोटोपत्रकारिता विधामा नविन बाबु गुरुङ, कृषि विकास बैंक स्वतन्त्र फोटोपत्रकारिता विधामा दिपेन्द्र मर्हजनलाई अवार्ड प्रदान गरिएको छ ।  
 

प्रदेश स्तरीय फोटोपत्रकारिता अवार्ड विधा तर्फ गण्डकीबाट प्रेम सङ्गै प्रदेश  १ उत्कृष्ट फोटोपत्रकारिता विधामा गुरु ढकाल, मधेस प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा  जियालाल प्रसाद साह, बागमति प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा सन्तोष श्रेष्ठ ,लुम्बिनी प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा मनोज पौडेल, कर्णाली प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा वसन्त प्रताप सिंह, सुदुरपश्चिम प्रदेश उत्कृष्ट फोटोपत्रकारिता विधामा विनोद विष्टले अवार्ड जित्न सफल भएका थिए ।

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्