पोखरा १: डेंगु नियन्त्रण गर्न सचेतना र्याली
कास्की | असोज १०, २०७९
कास्की: पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयले डेंगु नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा १ को विभिन्न टोलमा र्याली आयोजना गर्दै शनिबार डेंगु रोगको नियन्त्रण तथा सचेतना कार्यक्रम सम्पन्न गरको हो ।
वडा कार्यालयबाट निकालिएको र्याली सिमपानी, हरिचोक, बागबजार, भिमकालीपाटन लगायतको टोलहरुमा परिक्रमा गरिएको वडा सदस्य शोभा गुरुङले जानकारी दिइन् ।
उनका अनुसार नागरिकलाई डेंगु रोगको बारेमा जानकारी दिदैं रोकथामका बारेमा नारा लगाइएको थियो । साथै डेंगु रोगको रोकथाम गर्न अपनाउनुपर्ने विषयमा प्लेकार्ड बोकेर र्याली निकालिएको थियो ।
‘पछिल्लो तथ्याङ्क अनुसार कास्कीमा पनि डेंगु संक्रमण बढेको पाइएको छ, वडा सदस्य गुरुङले भनिन्, ‘त्यसैले हाम्रो वडाबासीलाई यसबारे जानकारी र सचेत हुन आग्रह गर्दै र्याली आयोजना गरेका हौ ।’
उनले सो कार्यक्रमले नागरिकलाई सचेत बनाउन मद्दत पुगको विश्वास व्यक्त गर्दै आगामी दिनमासमेत निरन्तरता दिइने जानकारी दिइन् । ‘हामीले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएका छौं । यसभन्दा पहिले लागुऔषधसम्बन्धि सचेता पनि गरिसेको छौं, उनले भनिन्, ‘अहिले डेंगु रोगबारे सचेतना जगाउदै छौं । यसबाहेक अन्य सामाजिक कार्यक्रमलाई पनि हामीले निरन्तरता दिनेछौं ।’
गुरुङका अनुसार उक्त र्यालीमा पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहरा प्रधान,जनप्रतिनिधहरु तथा विद्यार्थीहरुसहित १ सय बढि स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

