थप सेवा सहित प्याराडिसो स्पोर्ट्स बार एण्ड ग्रिल सञ्चालनमा
पाेखरा | असोज १३, २०७९
पोखरा : पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्ट्स बार एन्ड ग्रिल थप सेवा सहित सञ्चालनमा आएको छ । थप सेवा विस्तार गर्न करिब ३ महिना देखी बन्द थियो । छिटै आउन लागेको विश्वकप फुटबल प्रतियोगिता लक्षित गरेर ठाउँ ठाउँमा ठुला स्किन सहित थप सेवा विस्तार गरेको हो ।
जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमा महत्वपूर्ण खेलकुद प्रतिस्पर्धाका प्रत्यक्ष प्रसारण हेर्न पाइन्छ । बारमा करिब ५ सय जना एकै पटक सेवा दिन सक्ने गरी सेवा विस्तार गरेको बारका म्यानेजर हरि पौडेलले जानकारी दिए ।
बारमा थप एउटा बालकोनी, फेवाफन्टलाई अझ आक्रर्षण थप गरेको पौडेलले बताए । ‘फुड, ड्रिङ तथा म्युजिक’ लाई प्रथामिकता दिए सेवा प्रदान गर्ने बताए । बारमा हरेक दिन फरक÷फरक ब्यान्डले लाइभ प्रस्तुति दिँदै आएका छन् । ग्राहकहरूको विशेष मनोरञ्जनका लागि हरेक बेला बेला ख्यातिप्राप्त ब्यान्डका चर्चित कलाकारहरूको प्रस्तुति समेत चलाउदै आएको छ ।
‘फुड, ड्रिङ र म्युजिक’ सहित खेलकुद तथा परिवारिक वातावरण चाहनेहरूलाई लक्षित गरी थप सेवा सहित सञ्चालनमा ल्याएको सञ्चालक गोपीबहादुर भट्टराईले जानकारी दिए । उनले सेवा थप गर्दा करिब २ करोड लगानी गरेको उनको भनाई छ । नेपाली तथा विदेशी खेलप्रेमी ग्राहकहरुलाई स्पोर्ट्स बार एन्ड ग्रिलले स्थतरी सेवा प्रदान गरेको उनको भनाई छ ।
बारभित्रै पुल टेबल, डार्ट गेम, चेस लगायतका खेलहरू खेल्न मिल्ने व्यवस्था मिलाइएको उनको भनाई छ । बारमा जन्मदिन, म्यारिज एनिभर्सरी, प्राइभेट पार्टी आदिका लागि विशेष व्यवस्था समेत गरेको गरिएको छ । बार भित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

