बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो

उदयपुर | असोज १८, २०७९

बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो सांकेतिक तस्बिर

उदयपुर  ः  गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ । उहाँको शव ३८ दिनपछि फेला परेको हो । 

 

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता हुनुहुन्थ्यो । उहाँको कङ्काल  बेलका नगरपालिका–८ सेतीखोलास्थित माछापुछ«्रे सामुदायिक बनमा रुखमा झुण्डीएको अवस्थामा स्थानीयवासीले फेला पारेका थिए ।

 

डिएनए परीक्षणपछि राउतको शव पहिचान भएको र शव आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । राउत गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा त्रियुगा–२ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्