एमाले कास्कीमा नयाँ अनुहार मनबहादुर र दामोदर, खगराज प्रदेशमा झरे
पाेखरा | असोज २२, २०७९
कास्कीः नेकपा एमालेले कास्कीलगायत गण्डकी क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवार टुंगो लगाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीको १ मा मनबहादुर गुरुङले प्रतिनिधिसभाको टिकट पाएका छन् । यस क्षेत्रबाट नयाँ अनुहार गुरुङ हाल एमाले कास्कीको अध्यक्ष हुन् ।
यसअघि स्वास्थ्य र गृहमन्त्री रहेका खगराज अधिकारी भने प्रदेश सभाको १ (क)बाट उम्मेदवार भएका छन् । त्यस्तै, यही क्षेत्रको (ख)बाट बेदबहादुर गुरुङले टिकट पाएका छन् ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट विद्या भट्टराईले टिकट पाएकी छिन् । भट्टराइलाई यस क्षेत्रको स्वभाविक उम्मेदवार मानिएको थियो ।
यहाँबाट प्रदेश सभामा भीम कार्की र मिना गुरुङले टिकट पाएका छन् ।
यसैगरी, क्षेत्र ३ बाट प्रतिनिधि सभामा दामोदर वैरागीले बाजी मारेका छन् । यहाँबाट प्रदेशतर्फ गणेशमान गुरुङ र राजीव पहारीले टिकट पाएका छन् । जसमध्ये राजीव पहारीले पुनः अवसर पाएका हुन् ।
दशैँअघि पत्रकार भेटघाटमा खगराज अधिकारीले पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने भन्दै आफुलाई प्रदेशमा उठाएपनि सहर्ष स्वीकार गर्ने बताएका थिए । यद्यपि, अधिकारीको रुचि भने संघमै रहेको थियो ।
अवसरका हिसाबले प्रदेशमा झरे पनि यसपटक राजीव पहारी र अधिकारीले नै पुनः बाजी मारेका छन् ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

