पाेखरामा ‘कोक–स्प्राइट’ चोरी गर्ने कुमाल र परियार पक्राउ

कास्की | असोज २८, २०७९

पाेखरामा ‘कोक–स्प्राइट’ चोरी गर्ने कुमाल र परियार पक्राउ

पोखरा:  वडा प्रहरी कार्यालय रामबजारले पोखराको पसलमा चोरी गर्ने दुई युवालाई प्रकाउ गरेको छ । 

 

पोखरा महानगरपालिका १० शिवचोक र अमरसिंहचोकस्थित कल्पना किराना स्टोर्स र एप्पल केयर एसोसरिज मोबाइल पसलबाट गत २६ गते मंगलबार राती चोरी गरेको आरोपमा पोखरा १० नागिनटोल बस्ने विश्वाश कुमाल र दिनेश परियारलाई पक्राउ गरेको हो ।

 

शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई खानतलासी गर्ने क्रममा चोरीको सामान फेला परेपछि नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएकाे छ  कास्की प्रहरीलका अनुसार उनीहरुले मिलनटोल नजिकै खाली जग्गाको झाडीमा जेब्रा झोलामा चोरीका सामान लुकाएर राखेका थिए ।

 

किराना पसलबाट के के चोरी गरेका थिए ?

 

उनका अनुसार उनीहरुको साथबाट विभिन्न पाउडर २९ वटा, आधा लिटरको कोक ९ वटा, साढे १ लिटरको कोक ३ वटा, आधा लिटरको स्प्राइट १ वटा, साढे १ लिटरको स्प्राइट २ वटा १६ वटा रेडबुल, ७ वटा चिप्स, चिजबल्स १३ वटा, पाण्डा खाजा १ प्याक, करेन्ट चाउचाउ ७ वटा, फ्रुटी ११ वटा, टुथ ब्रस १२ वटा, विभिन्न रंगका मास्क ४ पोका, चोकोपाई ४ वटा , कपालमा लगाउने तेल ६ वटा, ब्यान्डेज १ बट्टा, सन्सिल्क ८८ पत्ता, हजमोला १ बट्टा, चोकोफन ७ वटा, नवरत्न आयुर्वेदिक तेल २० पट्टा र विभिन्न खालका मिठाई १ पोका बरामद गरिएको छ । 

 

मोबाइल पसलबाट के के चोरी गरेका थिए ?

 

 

एप्पल केयर एसोसरिज मोबाइल पसलबाट सामसुङ कम्पनीको हेडफोन १ थान, विभिन्न कम्पनीको ब्लुटुथ ३ थान, पावरबैंक १ थान, १६ जिबीको पेन ड्राइभ १ थान, औलामा लगाउने पञ्जा ३ थान, ८ जिबीको मेमोरी कार्ड २ थान, १६ जिबीको  मेमोरी १ थान, मोवाईल स्ट्याण्ड ( रिङ) १ थान, चार्जर १ थान, सामसुङको चार्जर १ थान, पेन हुक्का १ थान, सामसुङ कम्पनीको मोबाइल १ थान भिभो कम्पनीको यो १ मोडल भएको मोबाईल १ थान र कार्ड लेखेको डिभाईज १ थान बरामत गरेको कास्की प्रहरीले जनाएको छ । 
 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्