पोखरा महानगरद्वारा विजेता खेलाडीलाई नगदसहित सम्मानित
पाेखरा | कात्तिक २, २०७९
पोखरा : गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितमा पदक जितेको पोखरा महानगरका खेलाडीलाई महानगरले नगदसहित सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुदमा सहभागी भई पदक जितेका महानगरवासी खेलाडी तथा प्रशिक्षक गरी ४१ जनालाई नगद पुरस्कारबाट सम्मान गरिएको हो । पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काका अनुसार हालसम्म प्रतियोगिताका विभिन्न विधामा गण्डकी प्रदेशबाट सहभागी भएका पोखरा महानगरवासी खेलाडीले पाँच स्वर्णपदक जितेका छन् ।
यसैगरी दुई वटा कास्य तथा पाँच रजत पदक पोखराका खेलाडीको नाममा छ । स्वर्णपदक विजेतालाई प्रतिपदक नगद रु १५ हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार, कास्यपदक विजेतालाई प्रतिपदक रु १० हजार (व्यक्तिगत) तथा समूहमा सहभागी प्रतिखेलाडी नगद रु पाँच हजार र रजतपदक विजेता खेलाडीलाई प्रतिपदक नगद रु पाँच हजारका दरले सम्मान गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजङ्ग केसी लगायतले खेलाडीलाई सम्मान गर्नुभयो । हालसम्म पुरुष ह्यान्डबल बल ९समूह०, ‘फुल कन्ट्रयाक्ट करातेका अभिषेक तामाङ र अनिश बुढामगर, बडीविल्डिङका विवेक हमाल र प्रदीप रेग्मीले स्वर्णपदक प्राप्त गर्नुभएको छ ।
यसैगरी फुल कन्ट्याक्ट करातेकैरूपक नेपाली र शिव भुजेलले कास्यपदक प्राप्त गर्नुभएको छ । प्रतियोगिता सम्पन्न हुँदासम्म पदक प्राप्त गर्ने बाँकी खेलाडीलाई प्रतियोगिता समापनलगत्तै सम्मान गरिने महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । खेलकै दौरानमा खेलाडीलाई गरिएको सम्मानले थप हौसला मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । खेलाडीमा सकारात्मक ऊर्जाको प्रवाहका महानगरले सदैव खेलाडी तथा खेलकर्मीका साथमा रहेर काम गर्ने आचार्यले प्रतिबद्धता जनाउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

