पोखरामा अवैध चाँदीका गहनासहित भारतीय नागरिक प्रकाउ
पाेखरा | कात्तिक २, २०७९

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा चाँदीको गणना ओसारपोसार गर्ने भारतीय नागरिकलाई प्रकाउ गरेको छ ।
अवैध रुपमा चाँदीको गहणा ओसारपोसार गरेको भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाकोनाकबाट खटिएको प्रहरीको टोलिले तालचोकमा चेकजाँच गर्ने क्रममा भारतीय नागरिक र एक जना नेपाली नागरिक प्रकाउ गरेको हो ।
प्रकाउ पर्नेमा भारतको मोतिहारी जिल्ला रक्सौल घर बताउने २१ वर्षीय राजुकुमार शाह र बारा करेयाई गाउँपालिका ८ घर बताउने ३४ वर्षीय सरोज मिया मंसुरलाई प्रहरीले प्रकाउ गरेर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भव पुलचोक ललितपुर पठाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
प्रकाउ परेका भारतीय नागरिकको साथबाट प्रहरीले झोलाभित्र लुकाईछिपाई राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धातुको तयारी साडी पन १६ थान, सिन्दुर दानी सानो ठुलो गरी ९ थान, जन्तर ४ प्याकेट र पाउजु १ सय १ थान गरी अन्दाजी १ लाख १ हजार २ सय २७ रुपैयाँ बराबरको गहणासहित प्रकाउ गरेको हो ।
यस्तै बारा करेयामाई गाउँपालिका घर बताउने सरोज मिया मंसुरलाई अन्दाजी २ लाख १३ हजार २ सय ४७ रुपैयाँ बराबरको गहणासहित प्रहरीले प्रकाउ गरेको छ ।
प्रहरीले मंसुरको साथबाट लुकाईछिपाई राखेको अवस्था नेपाली एक हजारका नोट नगद रु ५७ हजार, चादी जस्तो देखिने सेतो धातुको सिन्दुर दानी १ थान, सानो ठूलो सिक्काहरु १ सय ६५ थान, कछुवा थान ६ थान, पाउजु ८९ थान, झुम्का ५३ थान, मुर्ति १८ थान, घण्टी २ थान, चाबी पिन ९ थान, साडी पिन २० सहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशक...