बलिउड अभिनेता आमिर खानले लिए फिल्मबाट सन्न्यास
काठमाडाैं | चैत २७, २०७८
बलिउड अभिनेता आमिर खानले फिल्मबाट सन्न्यास लिने निर्णय गरेका छन् । परिवारलाई समय दिन नपाएको कारण आफूले अब फिल्ममा काम नगर्ने निर्णय गरेको उनले ‘आइडियाज अफ इन्डिया’ नामक कार्यक्रममा बताएका छन् ।
आमिरको नयाँ फिल्म ‘लालसिंह चड्डा’ प्रदर्शनको क्रममा छ । यदि उनले यो निर्णय लागू गर्ने हो भने यो आमिरको अन्तिम फिल्म हुनेछ । आमिरलाई उनका शुभचिन्तकहरूले फोन, म्यासेज तथा सामाजिक सञ्जालबाट निर्णय बदल्न आग्रह गरिरहेका छन् ।
आमिरले पूर्वपत्नी किरण रावलले रुँदै फिल्म नछाड्न आग्रहसमेत गरेको बताए । आमिरको यो निर्णयले सिङ्गो बलिउड उद्योग नै चिन्तित बनेको छ ।
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...
म्याग्दी: पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त र एकान्त वातावरण । पहाडको मध्यभागमा अवस्थित थुम्को । तलतिर देखिने नागबेली परेर बगेको म्याग्दी नदी र ग्रामीण बस्ती चराचुरुङ्गी र वन्यजन्तुका आवाज । ...

