मिस सुनार बनिन् ‘सिसम’
पाेखरा | कात्तिक ६, २०७९
PHOTO: PRABESH NEPALI
पोखरा:
प्रतिक इन्भेन्ट्सले आयोजना गरेको तेस्रो संस्करणको मिस सुनार २०२२ को ताज सिसम रामदामले जितेकी छिन् । शनिबार बेलुका सम्पन्न ग्राण्ड फिनालेमा १५ प्रतिष्पर्धीलाई पछी पार्दै उनले ताज जितेकी हुन् ।
मिस सुनारको ताजसँगै रामदामले स्कुटर सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।
यसैगरि संगिता सुनार फस्ट रनरअप घोषित हुदै ताजसहित नगद रु ५० हजार हात पारिन् भने सेकेण्ड रनरअफ स्वेता सुनारले बनिन् । उनले क्राउन र नगद २५ हजार पुरस्कार प्राप्त गरिन् ।
पुजा विश्वकर्मा भ्युवर्स च्वाइसको उपाधिबाट पुरस्कृत भइन् ।

इभेन्ट आयोजना गरेका प्रतिक सुनारले विजेता तथा उपविजेताहरुलाई विभिन्न म्युजिक भिडियोहरुमा अभिनय गर्ने मौका प्रदान गरिने बताए ।
उनका अनुसार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सम्पन्न मिस सुनार २०२२ को निर्णायकमा युवा व्यवसायी तथा चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, मोडल कविता न्यौपाने, संञ्चारकर्मी उत्सव रसाइली, फेसन डिजाइनर अमित बराल र बुगिवुगीका विजेता कविता नेपाली रहेका थिए ।
मिस सुनारको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धी छनोट भएका थिए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

