विपद ब्यवस्थापन कोष सहयोगार्थ युनाईटेडको शुभकामना देउसीभैलो
पाेखरा | कात्तिक ६, २०७९

पोखरा : युनाईटेड क्लवको आयोजनामा विपद व्यवस्थापन कोष सहयोगार्थ शुभकामना देउसीभैलो सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लबले हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद कोषमा सहयोग रकम संकलन गर्दै आईरहेको छ ।
जसअनुरुप यो वर्ष तिहारको अवसरमा सोमवार देउसीभैलो कार्यक्रम आयोजना गर्न लागिएको युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक शिव थापाले जानकारि दिए ।
संयोजक थापाका अनुसार भोलि (सोमबार) सांझ ५ बजेदेखि राति ९ बजे सम्म अमरसिंहचोक स्थित प्रभुबैंक अगाडि देउसीभैलो कार्यक्रम हुनेछ । देउसीभैलोमा राष्ट्रिय तथा स्थानीय लोकदोहोरि कलाकारहरु प्रजापति पराजुलि, शरला पाण्डे , शिवहरि ढुंगाना, तुलसा जिसि, कमला सुनार लगायतका कलाकारहरुद्वारा मनोरञ्जन तथा तरेलि परिवारका कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने छ ।
विपद व्यवस्थापन कोष मार्फत क्लवले हाल सम्म कैलालीको हावाहुरि प्रभावित र सराङकोट पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । भने कोभिड कोषमा प्रदेश सरकार र पोखरा महानगरपालिकालाई सहयोग रकम प्रदान गरिसकेको छ । क्लबले आयोजना गर्ने पोखरा महोत्सव तथा देउसीभैलो कार्यक्रममा संकलित रकम सामाजिक काममानै खर्च गरिने भएकाले एघारौं संस्करणको पोखरा महोत्सवको संघारमा आयोजना गर्न लागिएको देउसीभैलो कार्यक्रममा सहभागीता जनाई सहयोग गरि सामाजिक काममा सहकार्य गर्न समेत युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले आग्रह गरेका छन ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...