विपद ब्यवस्थापन कोष सहयोगार्थ युनाईटेडको शुभकामना देउसीभैलो
पाेखरा | कात्तिक ६, २०७९
पोखरा : युनाईटेड क्लवको आयोजनामा विपद व्यवस्थापन कोष सहयोगार्थ शुभकामना देउसीभैलो सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लबले हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद कोषमा सहयोग रकम संकलन गर्दै आईरहेको छ ।
जसअनुरुप यो वर्ष तिहारको अवसरमा सोमवार देउसीभैलो कार्यक्रम आयोजना गर्न लागिएको युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक शिव थापाले जानकारि दिए ।
संयोजक थापाका अनुसार भोलि (सोमबार) सांझ ५ बजेदेखि राति ९ बजे सम्म अमरसिंहचोक स्थित प्रभुबैंक अगाडि देउसीभैलो कार्यक्रम हुनेछ । देउसीभैलोमा राष्ट्रिय तथा स्थानीय लोकदोहोरि कलाकारहरु प्रजापति पराजुलि, शरला पाण्डे , शिवहरि ढुंगाना, तुलसा जिसि, कमला सुनार लगायतका कलाकारहरुद्वारा मनोरञ्जन तथा तरेलि परिवारका कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने छ ।
विपद व्यवस्थापन कोष मार्फत क्लवले हाल सम्म कैलालीको हावाहुरि प्रभावित र सराङकोट पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । भने कोभिड कोषमा प्रदेश सरकार र पोखरा महानगरपालिकालाई सहयोग रकम प्रदान गरिसकेको छ । क्लबले आयोजना गर्ने पोखरा महोत्सव तथा देउसीभैलो कार्यक्रममा संकलित रकम सामाजिक काममानै खर्च गरिने भएकाले एघारौं संस्करणको पोखरा महोत्सवको संघारमा आयोजना गर्न लागिएको देउसीभैलो कार्यक्रममा सहभागीता जनाई सहयोग गरि सामाजिक काममा सहकार्य गर्न समेत युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले आग्रह गरेका छन ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

