विपद ब्यवस्थापन कोष सहयोगार्थ  युनाईटेडको शुभकामना देउसीभैलो

पाेखरा | कात्तिक ६, २०७९

विपद ब्यवस्थापन कोष सहयोगार्थ  युनाईटेडको शुभकामना देउसीभैलो

पोखरा : युनाईटेड क्लवको आयोजनामा विपद व्यवस्थापन कोष सहयोगार्थ शुभकामना देउसीभैलो सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

 

स्थापना कालदेखि शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका  लागि खुल्ला चिडियाखाना निर्माण संगै सेती नदी संरक्षणमा काम गर्दै आएको युनाईटेड क्लबले हरेक वर्ष तिहारमा देउसीभैलो कार्यक्रमको आयोजना गरि विपद कोषमा सहयोग रकम संकलन गर्दै आईरहेको छ । 

 

जसअनुरुप यो वर्ष तिहारको अवसरमा सोमवार देउसीभैलो कार्यक्रम आयोजना गर्न लागिएको युनाईटेड क्लबका कार्यसमिति सदस्य तथा देउसीभैलो कार्यक्रमका संयोजक शिव थापाले जानकारि दिए । 

 

संयोजक थापाका अनुसार भोलि (सोमबार) सांझ ५ बजेदेखि राति ९ बजे सम्म अमरसिंहचोक स्थित प्रभुबैंक अगाडि देउसीभैलो कार्यक्रम हुनेछ । देउसीभैलोमा राष्ट्रिय तथा स्थानीय लोकदोहोरि कलाकारहरु प्रजापति पराजुलि, शरला पाण्डे , शिवहरि ढुंगाना, तुलसा जिसि, कमला सुनार लगायतका कलाकारहरुद्वारा मनोरञ्जन तथा तरेलि परिवारका कलाकारहरुको सांस्कृतिक कार्यक्रम रहने छ ।

 

विपद व्यवस्थापन कोष मार्फत क्लवले हाल सम्म कैलालीको हावाहुरि प्रभावित र सराङकोट पहिरो पिडितलाई आर्थिक सहयोग गरेको छ । भने कोभिड कोषमा प्रदेश सरकार र पोखरा महानगरपालिकालाई सहयोग रकम प्रदान गरिसकेको छ । क्लबले आयोजना गर्ने पोखरा महोत्सव तथा देउसीभैलो कार्यक्रममा संकलित रकम सामाजिक काममानै खर्च गरिने भएकाले एघारौं संस्करणको पोखरा महोत्सवको संघारमा आयोजना गर्न लागिएको देउसीभैलो कार्यक्रममा सहभागीता जनाई सहयोग गरि सामाजिक काममा सहकार्य गर्न समेत युनाईटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले आग्रह गरेका छन ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्