लोमान्थाङ निस्कियो नेपाली युवा उद्यमी मञ्चको टोली
पाेखरा | कात्तिक १७, २०७९
पोखरा : आन्तरिक पर्यटन पर्वद्धन गर्न नेपाली युवा उद्यमी मञ्च चार दिने मोटर र्यालीसहित पोखरा-मुस्ताङ भ्रमणमा निस्किएको छ ।
कोभिड १९ पछि सुस्ताएको पर्यटन उकास्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यसहित देशभरबाट १७ वटा गाडीमा ६० जना युवाहरुको टोली आज (बिहिबार) मुस्ताङ भ्रमणमा निस्किएको हो ।
नेपाली युवा उद्यमी मञ्च एनवाईईएफ पोखराको अध्यक्ष सुयश मल्लका अनुसार उक्त टोली उपल्लो मुस्ताङ हुदै कोरला नाकासम्म पुग्नेछ ।
‘कोभिड १९ पछि मुस्ताङको भ्रमणमा जानेको संङ्ख्या कमी जस्तै भएको छ, उनले भने, ‘कोरोनापछि सुस्ताएको पर्यटन उकास्ने, आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने, मुस्ताङको कोरला नाका,लोमान्थाङ, मार्फा र जोमसोम लगायतको ठाउँहरुको प्रवद्र्धन गर्ने गरी चार दिनको भ्रमणमा निस्किएका छौं ।’

उनले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने, कोरला नाकाबाट गर्न सकिने व्यापार व्यवसायका सम्भावनाको अध्ययन गर्ने, शाहसिक खेलकुद (एडभेञ्चर स्पोर्टस) को प्रवद्र्धन गर्ने उदेश्यसहित कार्यक्रम आयोजना गरेको बताए ।
‘स्थानीय पर्यटनको लागि सँगै’ भन्ने उदेश्य राखेर एनवाईईएफ पोखराको समन्वयमा देशभरका ६० युवाहरुको समूहमा १७ गाडीमा पोखरा– लोमान्थाङ मोटर र्यालीमा निस्किएका छौं, मल्लले भने, ‘२००३ सालमा स्थापित एनवाईईएफले युवा उद्यमी उत्पादन गर्ने, युवाहरुलाई प्लेटफर्म दिने, युवाहरुलाई उद्यमशीलतातर्फ लाग्न प्रेरित गर्ने संस्थाको उदेश्य लिदैं आएका छौं ।’
एनवाईईएफले यसभन्दा अघि बर्दियामा मोटर र्यालीको आयोजना गरिसकेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

