‘ओली’ पोखरा आउँदैछन् भोलि

पाेखरा | कात्तिक २०, २०७९

‘ओली’ पोखरा आउँदैछन् भोलि

 

पोखरा:   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (सोमबार) पोखरा आउने भएका छन् । 


नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गर्ने वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन् ।


अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम पोखरा सभागृहमा बिहान १० बजेदेखि सुरु हुने नेकपा (एमाले) कास्की जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख दर्शन लामाले जानकारी दिए । 


लामाका अनुसार अध्यक्ष ओलीसंगै कास्की निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मन बहादुर गुरुङ, क्षेत्र नम्बर २ का विद्या भट्टराई र क्षेत्र नम्बर ३ का दामोदर पौडेल (बैरागी) को सहभागिता रहनेछ । 


यसैगरि १ ‘क’ का खगराज अधिकारी १ ‘ख’ का बेद बहादुर गुरुङ, क्षेत्र नम्बर २ ‘क’ का भिम कार्की, २ ‘ख’ की मिना गुरुङ, क्षेत्र नम्बर ३ ‘क’ का गणेशमान गुरुङ तथा ३ ‘ख’ का राजीव पहारी लगायतका समानुपातिक उम्मेदवारहरुको सहभागिता रहने लामाले बताए । 


सो कार्यक्रममा कास्की जिल्लाभरका संगठित कार्यकर्तालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा रहेर अध्यक्ष ओली लगायतले सम्बोधन गर्नेछन् ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्