गाउँ फर्क अभियान सुरु गर्नुपर्छ: विन्दुकुमार थापा

पाेखरा | कात्तिक २०, २०७९

गाउँ फर्क अभियान सुरु गर्नुपर्छ: विन्दुकुमार थापा

 

पोखरा । नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन् । गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्र्दै युवालाई विदेश तथा सदरमुकाम तर्फ जान रोक्दै गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्ने बताएका हुन् । 


भलाम कृषि पकेट क्षेत्रका साथै पर्यटकीय क्षेत्रको रुपमा समेत सम्भावना बोकेको क्षेत्र भएकाले अब स्थानीय स्तरमै व्यसाय गर्ने गरी गाउँमा ल्याउने योजना अघि बढाउनुपर्नेमा जोड दिए । ‘भलाम कृषि, पर्यटनमा सम्भावना बोकेको क्षेत्र हो । यहाँ होमस्टेको पनि सम्भावना छ । यहाँको खेतबारी बाझो भएका छन् घरहरु खाली भए । युवालाई स्वदेशमै राख्नका लागि योजनाहरु ल्याउन आवश्यक छ’ उनले ने,‘विकासको पहिलो पूर्वाधार सडक भएकाले स्तरीय सडक बनाउनुपर्छ जसले शिक्षा,स्वास्थ्य, रोजगार, व्यवसायको व्यवस्थापन हुन्छ । सदरमुकाम केन्द्रि भएको अवस्थामा गाउँफर्क अभियान सुरु गर्नुभर्ने आवश्यकता अहिले छ ।’पाँच वर्षको बीचमा प्रदेशको संरचना बनाउने, आवश्यक पर्ने ऐन तथा निर्देशनलाय बनाउने काम गरेको र अबको पाँच वर्ष विकासको युग भएको सुनाए । 


उनले गौरवको सडक आफुले वडा २० मा मणिपाल अस्पताल हुँदै अर्मलाकोटसम्म पुग्ने १७ किलोमिटर सडक २७ करोड २७ लाख ठेक्कामा परी अहिले पिच बन्ने काम भइराखेको सुनाए । सडक निमार्ण डिपिआर तयार गर्न निकै बाधा आएको उनको भनाइ छ । ‘काँहुखोला,आर्वा, लामडाँडा मौजाहुँदै आँटिघरसम्म जोड्ने १६ किमि सडक डिपिआर गर्ने क्रममा र त्यसलाई बजेट राख्ने क्रममा धेरै ठाउँमा संघर्ष र लडाइ गर्न प¥यो । डिपिआर गर्नपनि नमानेर यो सडकलाई धेरै अवरोध खडा गरियो’ उनले भने,‘मुख्यमन्त्री सहितको टिम आउनुभयो र मुख्यमन्त्रीकै ठाडो आदेशमा पूर्वाधार मन्त्रालयबाट प्राविधिकहरु आएर डिपिआर भएर ३३ करोड रकम छुट्टियो ।’ विजयपुर खोलामा पक्कि पुलको आवश्यक परेको र उक्त पुल बनेमा लामाखेत क्षेत्रकै लाइफललाइनको रुपमा रहनेमा आफु आशावादी समेत रहेको उनको भनाइ छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्