स्वर्गीय इमानद्धारा लिखित ‘लाहुरे दाई’ को पोखरामा चर्चा

काठमाडाैं | कात्तिक २१, २०७९

स्वर्गीय इमानद्धारा लिखित ‘लाहुरे दाई’ को पोखरामा चर्चा

परदेशी दाजुभाइको कस्तो होला अहिले हाल


हाल राम्रो भए पनि नबिगार्नू आफ्नो चाल 

 

पोखरा : स्वर्गीय सुवेदार इमानबहादुर तमुद्धारा लिखित ‘ लाहुरे दाई’को कविता संग्रह पोखरामा चर्चा गरिएको छ । 

 

म्हिकी कोने परिवार घान्द्रुक र लामा अमृत फाउन्डेशन घान्द्रुकको आयोजनामा स्वर्गीय तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो । 

 

२०७९ असोज २ गते  घान्द्रुक समाज हङकङको आयोजनामा उपाध्यक्ष आशा गुरुङको अध्यक्षतामा विमोचन गरिएको ‘लाहुरे दाई’ कविता संग्रह पोखरामा चर्चा गरिएको हो । 

 

स्वर्गीय तमुद्धारा प्रकाशित ‘देखेपछि लेखेँ’ ( कविता संग्रह २०७० ) र सरल ( कविता संग्रह २०७७ ) पछि हङकङबाट प्रकाशित डायस्पोरिक साहित्य पत्रिका साब्लाबुङको सम्पादक साहित्य विश्लेषक वरिष्ठ साहित्यकार राज कुमार राईको सल्लाह सझावमा कृति पुस्तको नाम ‘ लाहुरे दाई’ र साहित्य पत्रिका सुरप्रभा पोष्टका प्रकाशक सम्पादक वरिष्ठ साहित्यकार तथा गीतकार भावेश भुमरी तथा गीतकार विशु समको सहयोगमा ‘ लाहुरे दाई’ कविता संग्रह प्रकाशित भएको थियो । 

 

कार्यक्रममा बोल्दै अन्नपूर्ण गाउँपालिका १० का वडा अध्यक्ष गौतम गुरुङले साहित्यकार स्वर्गीय सुवेदार इमान बहादर तमु घान्द्रुकबासीका लागि अमर रहेको बताए । 

 

‘ स्वर्गीय इमानबहादुर तमुको स्वर्गारोहन भएको २ वर्ष बित्न लाग्यो’ उनले भने, ‘उहाँ हामीमाझ नभएपनि समाज परिवर्तनमा गरेका सहयोग र उहाँको साहित्यले घान्द्रुक बासीका लागि मात्र नभएर सिङ्गो साहित्यको क्षेत्रमा अमर रहनुभएको छ ।’

 

यस्तै मेश्रम माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्षिन गुरुङले स्वर्गीय ईमान बहादुर तमुद्धारा प्रकाशित ‘लाहुरे दाई’ कविता संग्रह विक्रीबाट आएको आम्दानी विद्यालयमा स्मृतिकोषमा राखिने बताए । 

 

‘ स्वर्गीय सुवेदार तमु साहित्यकार मात्र नभएर एक असल समाजसेवी हुन्’ उनले भने,‘ स्वर्गीय सुवेदार तमले विद्यालयमा महत्वपुर्ण योगदान पु¥याउनुभएको छ । उहाँले प्रकाशित गर्नुभएका पुस्तक विक्रीबाट आएको आम्दानी विद्यालयमा उहाँको स्मृतिकोषमा राख्नेछौं ।’

 

२०११  कात्र्तिक ३ गते घान्द्रुकमा जन्मनुभएका सुवेदार तमुको २०७७ मंसिर २५ गते मृत्यु(देहाववसान ) भएको थियो । स्वर्गीय तमुले यस अगाडी देखेपछि लेखेँ ( कवितासङ्ग्रह २०७०) र सरल ( कवितासङ्ग्रह २०७७ कृति प्रकाशित गरेका छन् । 

 

‘लाहुरे दाइ’ कवितासङ्ग्रह भावेश भुमरीको भाषा सम्पादन, राजकुमार राईको भूमिका र कवि सुवेदार इमानबहादुर तमुको लेखन र मैनाकुमारी तमुको प्रकाशनमा प्रकाशित भएको थियो ।  
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्