जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्नेः उम्मेदवार थापा
पाेखरा | कात्तिक २४, २०७९
पोखराः जनकवि केशरी धर्मराज प्रतिष्ठानलाई सांस्कृतिक घर बनाउनुपर्ने कांग्रेस नेता बिन्दुकुमार थापाले बताएका छन ।
गण्डकीकै एक कलाका धरोहर धर्मराज थापाको प्रतिष्ठान बनाएर कला, साहित्य र संगीतमा पोखराले सन्देश दिनुपर्ने र थापाको पथमा पोखराका कलाकर्मी लाग्नुपर्ने उनले बताए ।
जनकवि केशरी धर्मराज सावित्री थापाका माइला छोरा प्रा.डा. कुञ्जराज थापाले प्रतिष्ठानलाई सांस्कृतिक घरको रुपमा विकास गर्न सुझावपनि दिएका छन ।
पोखरा महानगरपालिका १६ मा घरदैलो कार्यक्रम गर्न पुगेका गण्डकी प्रदेश सभा सदस्यका उम्मेदवार विन्दुकुमार थापा जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको अवलोकन गर्न पुगेको समयमा उक्त कुरा बताएका हुन् । ‘म के अपेक्षा गर्छु भने उहाँ कुशल र सक्षम उम्मेदवार हुनुहुन्छ । उम्मेदवारहरुले के गरिदिनुप¥यो भने यो क्षेत्रका पर्यटकीय क्षेत्रहरुको विकास गरिदिन प¥यो । म त्यो भन्छु ’ उनले भने,‘यो प्रतिभापुर्ण क्षेत्र हो । उहाँले गरेका योगदान कृतिहरुको जस्तो काठमाडौंमा लक्ष्मी प्रसाद देवकोटाको घरलाई नै किनेर राष्ट्रिय सांस्कृतिक घर बनाइयो । त्यसतै यो पनि बनाइयोस् । त्यसका लागि सरकारले प्रयत्न गरोस् । मैले त्यहि एउटा इच्छा जाहेर गरिराखेको छु ।’ यहाँमात्रै नभई पर्यटकीय क्षेत्रसमेत हेरिदिनुपर्ने उनी बताउँछन् ।
गठबन्धनबाट कास्की क्षेत्र नं.२(२) का प्रत्यक्ष उम्मेदवार थापाले जनकवि केशरी धर्मराज सावित्री थापा प्रतिष्ठानको संरक्षण र प्रबद्र्धनमा दत्तचित्त भएर लागिपर्ने बताए । उनले अघिल्लो पाँच वर्ष प्रदेशको संरचना निमार्ण गर्ने काम गरेको र अबको पाँच वर्ष विकास र संवृद्धिका साथै प्रदेशमा रहेका कला र कलाकारिताको संरक्षणमा समेत व्यतित गर्ने बताए । उनले धर्मराज सावित्रीको इतिहास कसैले पनि भुल्न नहुने र यस्का लागि प्रदेश सरकारको जिम्मेवारी पनि ठूलो रहेको सुनाए । उनले आफुले सकेको साथ र सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
पोखरा: एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...
पोखरा: गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

