‘गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन’

तनहुँ | कात्तिक २४, २०७९

‘गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन’

दमौलीः   नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ । 

 

नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमानको १०८औँ जन्मजयन्तीका अवसरमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताहरुले स्व गणेशमानको योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो । 

 

नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले स्व सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने उल्लेख गर्दै स्व गणेशमानले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । 

 

समितिका कार्यबाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुद्र गोदारलगायतले गणेशमान सिंहको योगदानको चर्चा गर्नुभएको थियो । सोही अवसरमा व्यास नगरपालिका–२ मा रहेको गणेशमानको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्