१३८औँ फाल्गुनन्द जयन्तीको शुभकामना सन्देश
काठमाडाैं | कात्तिक २४, २०७९
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द लिङ्देनको १३८औँ जयन्तीको अवसरमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको हो ।
“महागुरु फाल्गुनन्दले धार्मिक गुरु मात्र नभई एक सामाजिक अभियन्ताको रूपमा समाजमा विद्यमान अनेक विकृति र विसङ्गतिलाई हटाउनसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो”, सन्देशमा भनिएको छ, “उहाँले देखाएको बाटोमा हिँड्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।”
सामाजिक रूढीवादको अन्त्य गर्दै समाजलाई सही बाटो देखाउँदै आर्थिक अनुशासन कायम गर्न उहाँले दिनुभएको मार्गनिर्देशन अनुसरणीय रहेको र उहाँले अपनाउनुभएको दर्शन प्रेम र अहिंसामा आधारित रहेको हुँदा प्रेरणादायी उपदेश र मार्गदर्शनले समाजलाई सही बाटो दिनेछ भन्ने उहाँले विश्वास लिएको सन्देशमा उल्लेख छ ।
किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउनुहुने राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनले समाज सुधारका लागि खेलेको अहम् भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम, इलाम र झापालगायत नेपालका पूर्वी जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

